सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीले हालेको मुद्दाको सुनुवाई आज

  २०७८ असार ३१ गते ११:३१     विकासन्युज

काठमाडौं । बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको मुद्दाको आज दुवै पक्षबीच वहस हुँदैछ ।  गत असार २० गते कर्मचारीहरुले कोषविरुद्ध मुद्धामा आज सुनुवाई हुने भएकाे हाे ।

रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालतले कोषको नाममा कारण देखाउ आदेश जारी गर्दै आज दुवै पक्षलाई छलफलमा बोलाइएको हो । आज न्यायधीश तेज बहादुर केसी र शुष्मालता माथेमाको संयुक्त इजलाशमा यसबारे बहस हुने भएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तर्फबाट वारेसको रुपमा मुद्दा दायर गरेका अधिवक्ता सुरेश भण्डारीले आज अन्तरिम आदेश दिने कि नदिने बारे बहस हुने जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका थिए । २७ वटा वाणिज्य बैंक मध्येबाट २२ वटा बैंकका कर्मचारी युनियनले कोष विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाले राखेको १५ बुंदे माग बारेमा सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको थियो ।

सामाजिक सुरक्षा कोषको बिध्यमन ऐन, नियमावली, कार्यविधिमा भएका व्यवस्था, योजना र सर्तअनुसार आबद्द हुँदा बैंक, बित्त तथा बीमा कम्पनीका विगत ३० बर्षदेखि काम गर्दै आएका कर्मचारीहरु अहिलेसम्म पाउदै आएको सेवा सुविधाबाट बन्चित हुने भएकाले बिध्यमान व्यवस्था संसोधन गरिनु पर्ने उनीहरूको माग छ ।

कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि आइएलएफ अभिसन्धिमा भएको ब्यवस्था अनुसार सामूहिक सौदाबाजी गर्न नपाइने, यसअघि खाइपाइ आएको तलब घट्ने, सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद गरेको (सरकारी स्वामित्का तीन बैंक आबद्ध हुननपर्ने), सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरेको र सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम भएको आधारसहित मुद्धा दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.