नेपाल इन्भेष्टमेन्ट बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित

  २०७८ असार ३१ गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । बैंक दोस्रो पटक बैंकिङ्ग क्षेत्रमा निकै राम्रो मानिएको यस अवार्डबाट सम्मानित भएको हो ।

१९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा संचालन हुने गरेको छ ।

बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.