दराजको समान आइएमई पेबाट भुक्तान गर्दा आईफोन१२ सहित विभिन्न उपहार पाइने

  २०७८ असार ३० गते १९:५३     विकासन्युज

काठमाडौं । दराजको सामान आइएमई पेबाट भुक्तानी गर्दा आईफोन१२ लगायत विभिन्न उपहार पाइने भएको छ । सो सम्बन्धी आइएमई पे र ई-कमर्स प्लेटफर्म दराजबीच आज(असार ३० गते) सम्झौता भएको हो ।

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका छन् ।

यससँगै साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी हुने दराजका सेवाग्राहीले आईफोन १२ लगायत लगायत थुप्रै उपहार पाउन सक्नेछन् ।

सम्झौता आदानप्रदान कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई-कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महक्तवपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड-१९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.