नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तकाे एकीकृत कारोबार शुरु

  २०७८ असार ३० गते १६:३६     विकासन्युज

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी आज ‍(असfर ३० गते बुधबार) बाट एकीकृत कारोबार शुरु गरेको छ ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा दुवै संस्थाका सञ्चालकहरु तथा उच्च तहका कर्मचारीहरुको सहभागितामा नेशनल माइक्रोफाइनान्सको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद अचार्यको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

प्राप्ति पश्चात नेशनल माइक्रोफाइनान्सको शाखा सञ्जाल देशका सातैवटै प्रदेशहरुका ६५ वटा जिल्लाहरुमा विस्तार भई जम्मा शाखा कार्यालयको संख्या १०० वटा हुनेछ ।

त्यसैगरी संस्थाको चुक्ता पुँजी करीब ४२ करोड, कुल बचत रकम २ अर्ब ५० करोड, लगानीमा रहेको कर्जा ९ अर्ब ५० करोड र जम्मा सदस्य संख्या १ लाख ५० हजार हुनेछ ।

यसरी संस्थाको सेवाको पहुँच देशब्यापी रुपमा बिस्तार भई लघुवित्तको आधारभुत मुल्य र मान्यताहरुलाई मनन गरी वित्तीय र ग्रैह वित्तीय सेवालाई ग्राहकको आवश्यकता र चाहना अनुसार प्रभावकारी रुपमा कार्यान्वयन गरी संस्थालाइ अझै सवल, सक्षम र दिगो रुपमा अगाडी बढाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.