पोखरेल दम्पत्तिले एक अर्कालाई दिए सिटिजन्स लाईफको ५०-५० लाखको बीमा पोलिसी

  २०७८ असार २९ गते १९:३९     विकासन्युज

काठमाडौं । बैबाहिक जीवनको २७औं वर्ष पुरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । रुपन्देहीको बुटवल बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले मंगलबार एक अर्कालाई ५०-५० लाखको बीमा पोलिसी दिएका हुन् ।

उनीहरुले वर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् । लामो समयदेखि समाजसेवामा गर्दै आएका श्रीमान सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी, बैंकका संस्थापक लगायत विभिन्न वित्तीय क्षेत्रमा रहेका छन् भने लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहान क्याम्पस र दिउँसो सरकारी विद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बीमा गरेको बताइन् ।

सो कार्यक्रममा बोल्दै अधिवक्ता पोखरेलले आजसम्म आफुले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने बताए । र, आफुले बीमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको बताए । कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उनीहरुले खरिद गरेको बीमा पोलिसी सबैभन्दा उत्तम रहेको दावी गरेका छन् ।

हरेक वर्ष विभिन्न रचनात्मक कार्य गर्दै आएका पोखरेल दम्पतिले आफ्नो अनुभव सुनाउँदै अहिलेसम्म ७ वटा बीमा पोलिसी परिपक्क भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरुको लागि एकदमै सहयोगी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.