अमेरिकाले दिएकाे खाेप ५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

  २०७८ असार २८ गते १३:२५     विकासन्युज

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिकाबाट प्राप्त खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको बताएका छन् ।

उनले साेमबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएकाे खाेप हस्तान्तरण कार्यक्रममा यस्ताे बताएका हुन् ।

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ ।

अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.