यूनियन लाइफको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?

  २०७८ असार २७ गते १८:३२     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा भोलिसम्म आवेदन दिन पाइने छ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन भोलीदेखि बन्द हुने भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (असार २७ गते) अपरान्ह ५ बजेर २० मिनेटसम्ममा १८ लाख ३५ हजार ६ सय ५६ जनाले आवेदन दिएका हुन् ।

यो अवधिसम्ममा उनीहरुले २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन कम्पनीले जारी गरेको भन्दा ५.०८ गुणाले बढी हो ।

इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.