सेयर बजारमा विकास बैंक खोज्दा ईपीएस पर्यो प्राथमिकतामा, कुनको कति ?

  २०७८ असार २४ गते १७:०६     विकासन्युज

काठमाडौं । आज (बिहीबार) लगाानीकर्ताको मुख्य लगानीको क्षेत्र विकास बैंक देखिएका छन् । विकास बैंकहरुमा पनि प्रति सेयर आम्दानी (ईपीएस)  बढी भएका बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको हो ।

बिहीबार मात्रै सेयर बजारमा विकास बैंक सब-इन्डेक्स सबैभन्दा बढेको छ । आज विकास बैंकको सब–इन्डेक्स हिजो बुधबारको तुलनामा ८९ दशमलब ५७ अंक अर्थात २ दशमलब १२ प्रतिशतले बढेको छ ।

नेप्सेमा सुचिकृत १६ वटै विकास बैंकहरुको सेयर मूल्य बुधबारको तुलनामा अधिकतम १८ रुपैयाँसम्म बढेको छ । विशेष गरेर सबैभन्दा बढी ईपीएस भएका विकास बैंकहरुको सेयरमूल्य आज धेरै बढेको देखिएको हो ।

विकास बैंकहरुको सेयर मूल्य बुधबारको तुलनामा १ रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको देखिएको छ । आज सबैभन्दा बढी सेयरमूल्य बढ्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । जसको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ छ ।

यस्तै, सबैभन्दा बढी ईपीएस भएको कामना सेवा बैंकको आज सेयर मूल्य आज १२ रुपैयाँले बढेको छ । गरिमा विकास बैंकको १० रुपैयाँ बढेर ५१४ रुपैयाँ सेयर मूल्य कायम भएको छ । ज्योति विकास बैंकको १० रुपैयाँ बढेर ४४५ रुपैयाँ कायम भएको छ ।

तर, ईपीएस कम भएको कर्पोरेट डेभलपमेन्ट बैंकको सयर मूल्य आज ३० रुपैयाँले घटेको छ । जसको इपीएस ६.७१ रुपैयाँ मात्रै छ । आज कर्पोरेटको सेयर मूलय ८ सय रुपैयाँमा झरेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेको छ । बैंकको सेयर मूल्य ६२५ रुपैयाँ पुगेको छ । जसको ईपीएस २७.८७ रुपैयाँ छ ।

कुन विकास बैंकको ईपीएस कति ?

विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी ईपीएस भएको विकास बैंकका रुपमा कामना सेवा विकास बैंक रहेको छ । जसको प्रति सेयर आम्दानी २९.४७ रुपैयाँ रहेको छ । आज सो बैंकको सेयरमूल्य ५२५ रुपैयाँ पुगेको छ ।

यस्तै, दोस्रो बढी ईपीएस हुने विकास बैंककाे रुपमा मुक्तिनाथ विकास बैंक छ । बैंकको ईपीएस २७.८७ रुपैयाँ रहेको छ ।
यस्तै, गरिमा विकास बैंकको ईपीएस २४.६० रुपैयाँ रहेको छ ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ईपीएस १९.३६ रुपैयाँ छ । आज सो बैंकको सेयर मूल्य ७७९ पुगेको छ । आज एक्सेलको सेयर मूल्य ५ रुपैयाँ बढेको छ । महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४२३ छ । यो बैंकको ईपीएस भने १६.१० रुपैयाँ छ ।

के हो ईपीएस ?

प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधार हो । लगानीकर्ताले कम्पनीको ईपीएसकै आधारमा पनि लगानी गर्ने गरेका छन् । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल नै प्रति सेयर आम्दानी हो ।

प्रति सेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय विवरणमा राख्छ । कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा लगानी गर्ने अभ्यास छ ।

तर, ईपीएस नै लगानीका लागि सबैथोक हुन सक्दैन । कतिपय थोरे ईपीएस भएका कम्पनीको सेयर मूल्य धेरै पनि छ । आज सेयर बजारमा भने बढी ईपीएस भएका विकास बैंकमा नै लगानीकर्ताको आकर्षण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.