बोनसपछि राधी विद्युतको सेयर मूल्य समायोजन

  २०७८ असार १५ गते ९:३०     विकासन्युज

काठमाडौं । आज(असार १५ गते) मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ११२० रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ८२१ रुपैयाँदेखि शुरु हुने छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर(कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीकाे सभा असार २९ गते बिहान ११ बजे बस्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । र, बोनसपछि कायम भएको चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई १०.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.