विकास बैंकको पूँजी वृद्धि आवश्यक छ, हकप्रद जारी गर्न दिनुपर्छः अध्यक्ष पोखरेल

  २०७८ असार ११ गते १६:५६     विकासन्युज

काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले अब विकास बैंकहरुको पूँजी वृद्धि आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले विकास बैंकको पूँजी वृद्धि आवश्यक रहेको बताएका हुन् । साथै, उनले अब राष्ट्र बैंकले विकास बैंकले हकप्रद सेयर जारी गर्न स्वीकृति दिनु पर्ने पनि बताएका छन् ।

‘विकास बैंक धेरै सक्षम भइसकेका छन्, विकास बैंकको संरक्षण गर्न आवश्यक छ, लोकल एलसीको प्रावधान विकास बैंकलाई पनि दिनु पर्ने, विकास बैंकहरु वाणिज्य बैंकहरुको अवस्थामा पुगिसकेका छन्,’ उनले भने ।

यस्तै, उनले आगामी मौद्रिक नीति मार्फत अब विकास बैंकहरुले क्रेडिट कार्ड कार्ड जारी गर्ने पाउनु पर्ने व्यवस्था गर्नु पर्ने, सरकारी कारोबार गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने बताए ।

कार्यक्रममा उनले सीआईटी लगायत संस्थाको निक्षेप विकास बैंकमा राख्न पर्ने व्यवस्था गर्नु पर्ने पनि माग राखे । ‘बैंक तथा वित्तीय संस्थाको शाखा देशभर विस्तार भएकोले बीमाको पुहुँच बढाउने नीति आवश्यक छ, विकास बैंकलाई सेयर ब्रोकरको काम गर्न धितोपत्र बोर्डसँग समन्वयन गरेर नीति ल्याउन आवश्यक छ,’ उनले भने ।

One comment on "विकास बैंकको पूँजी वृद्धि आवश्यक छ, हकप्रद जारी गर्न दिनुपर्छः अध्यक्ष पोखरेल"

  • Rajan Sharma says:

    Absolutely, paid up capital of development banks should be increased to make them financially strong and consistent. It will have better impact to all the stakeholders.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.