राजस्व विभागका चुडामणी शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

  २०७८ असार ९ गते १४:५४     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारी लुम्बध्व महत र उमेशप्रसाद ढकालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले कानून विपरीत व्यक्तिगत फाइदाको लागि १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोप पुष्टि भएर भ्रष्टाचार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

२०७१ सालमा कर तिर्नै नसक्ने अवस्थामा पुगेका सरकारी र निजी कम्पनीलाई कर छुट दिन कर फछ्यौट आयोग गठन भएको थियो । तीन सदस्यीय आयोगमा शर्मा, महत र ढकाल सदस्य थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.