निषेधाज्ञा नसकिँदै हट्यो सरकारी छुट

  २०७८ असार ९ गते १०:४६     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पूण रूपमा नहट्दै दुइ सरकारी कम्पनिले छुट राेकेका छन् । मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् ।

सरकारले निषेधाज्ञाभरका लागि दिएको छुट निषेधाज्ञामा केही खुकुलो भएसगैँ छुट कार्यान्वयन गर्न बन्द गरिएको कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।

यसअघि उक्त दुई कम्पनीले उपभोक्ताको भिड बढेको भन्दै बिहान २ घण्टामात्र काउन्टर सञ्चालन गरेर छुट दिएका थिए । आगामी आर्थिक वर्ष २०७७/०७८ को बार्षिक आय व्यक्त वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निषेधाज्ञा अबधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ किन्दा छुट पाइने बताएका थिए ।

‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेनिङ कर्पाेरेशनबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मूुल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ’, अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्य १५ पृष्ठमा भनिएको छ ।

साल्ट ट्रेनिङ कर्पाेरेशनले आप्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने सिमित खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिने जनाएको थियो । कम्पनीले २ किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिने जनाएको थियो । छुट पछि अब पिठोको मूल्य ४४, चिनीको मूल्य ६३, नून १६, तेल प्रति लिटर १८८ र ग्यास प्रति सिलिण्डर एक हजार १२० मा बिक्री गरेको थियो ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिएको  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.