मंसिरभित्र सबै नेपालीले खोप पाउँछन्, चाँडै सुखद समाचार आउँछः स्वास्थ्यमन्त्री तामाङको विचार

  २०७८ असार ७ गते १२:४२     शेर बहादुर तामाङ

सरकार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको निदानमा प्रयासरत छ ।  कोरोना भाइरसको जोखिम कम गर्ने अहिलेको एउटै विकल्प खोप नै हो । अरु उपायहरुले मात्र यसकाे जाेखिम कम नहुने रहेछ । अहिले खाेपकाे समेत विकास भैसकेकाेले हामी खाेप ल्याउने तयारीमा जुटेका छाैं । हामी खाेप उत्पादक राष्ट्रहरु त हाइनाैं तर खाेप उत्पादक राष्ट्रहरुसँग हामीले समन्वय गरिरहेका छाैं  ।

धेरै चरणका छलफलहरु भइसकेकाे छ । धेरै डिप्लाेम्याटिक च्यानलहरुलाई पनि हामीले प्रयाेग गरेका छाैं । स्वयंम राष्ट्रपतिले र प्रधानमन्त्रीज्यूले पनि खाेपकाे लागि अनुराेध गरिरहनु भएकाे छ । त्यसैले खाेप सम्बन्धि केही परिमाणहरु सकरात्मक देखिन्छ । केही दिनभित्र सकरात्मक सन्देशहरु आउँछ भन्नेमा हामीलाई विश्वास छ ।  धेरै ठाउँमा हाम्राे खाेप सम्बन्धिकाे विषय सकरात्मक ढंगबाट अगाडी बढेकाे अवस्था छ । हामी नेपाल सरकारले खाेप ल्याउँछाैं र नेपाली जनताकाे जीवन रक्षाकाे लागि हामी लाग्छाैं र त्याे ठाउँमा हामी छाैं ।

हाम्रा कति प्रकृियाहरु छन् र ति सबै प्रकृियाहरुबाट चाहिँ हामीलाई सकरात्मक सन्देशहरु आइरहेका छन् । त्यसैले खाेप सम्बन्धी छिट्टै केही सकरात्मक समाचारहरु आउने तर्क आफ्नाे म स्पष्ट पार्ने चाहन्छु । सबै नागरिककाे जीवन रक्षाकाे लागि जसरी पनि खाेप ल्याउने बाटाेमा सरकार लागिरहेका छ । याेसँगै विश्व स्वास्थ्य संगठनकाे काेभ्याक्सबाट प्राप्त हुने खाेपकाे बारेमा पनि कुरा अगाडि बढेकाे छ । केही समयभित्र नै नेपाली नागरिकहरुलाई खाेप उपल्बध गराएर सुरक्षित हुने वातवारण निर्माण हुनेमा सरकार विश्वस्त देखिएकाे छ ।

हामीलाई काेभ्याक्स फ्यसिलिटीबाट प्राप्त हुने खाेपकाे बारेमा कुराकानी अगाडि बढाएका छाैं । त्यसैगरी विभिन्न मित्र राष्ट्रहरुले हाम्रीसँग दाेहाेराे पत्राचार र दाेहाेराे वार्तालाप पनि चलिरहेकाे छ । सकारात्मक छन् । हाम्राे दक्षिण छिमेकी मित्रराष्ट्र भारत र उत्तर छिमेकी मित्रराष्ट्र चीनसँग खाेपकाे विषयमा धेरै चरणमा र धेरै गहिराे स्तरमा छलफल भएकाे छ । त्यस्तै अन्य मित्रराष्ट्रहरु अमेरिका जुन खाेप उत्पादक राष्ट्र हाे, रसिया खाेप उत्पादक राष्ट्र हाे, बेलायत खाेप उत्पादक राष्ट्र हाे । ती सबैसँग छलफल भइहरेकाे छ । उहाँहरुसँग पनि हाम्राे दाेहाेराे वार्ता चलिरहेकाे छ ।

हामीले निरन्तर उहाँहरुसँग कुराकानी गरिरहेका छाैं । वहाँहरु सकरात्मक छन् । मलाई लाग्छ हामीले नेपाली जनतालाइ खाेप लगाएर सुरक्षित गर्न सक्ने ठाउँमा हामी पुग्छाैं । सीमित मुलुकका सीमित कम्पनीले मात्र खाेप उत्पादन गरिरहेका छन् । खाेपकाे माग विश्वभर अत्याधिक छ । माग अनुसार उत्पादन नहुँदा समयमा ने खाेप ल्याउन नसकिएकाे हाे । खाेप उत्पादक राष्ट्रहरुले नै आफ्नाे सबै नागरिकलाई खाेप उपल्बध गराउन नसकेकाे अवस्था रहेकाे छ ।

यति हुँदाहुँदै सरकारले केही मात्रामा खाेप उपलब्ध गराएर जनतालाई दिइसकेकाे अवस्था रहेकाे छ । खाेप उत्पादक राष्ट्र स्वंयमले समेत खाेप उत्पादन गरेर आफ्नाे देशकाे नागरिकलाई लगाउन सकेकाे छैन । त्यसकारणले याे अलिक जटिल नै विषय हाे । र याे जटिल विषयमा हामीले वार्ताहरु सुरु गरेका छाैं ।  र यहाँ आएर मैले याे जिम्मेवारी सम्हालेदेखि नै मैले याे कामलाई नै प्राथमिकताकाे साथ हेरेकाे छु ।

अब हामीलाई प्राप्त सूचनाकाे आधारमा हेर्दा छिट्टै सबै नेपाली नागरिकहरुलाई एकदमै सुरक्षित गर्ने कुरामा हामी पुग्छाैं भन्ने हामीलाई विश्वास छ । हाम्राे सकरात्मक प्रयत्नले पक्कै काम गर्छ भन्ने हामीलाई विश्वास छ ।  सरकारले आगामी मंसिरसम्म सबै नेपालीलाई खाेप उपल्बध गराउने प्रतिबद्धता जनाएकाे छ । त्यही किसिमले हामी काम गरिरहेका छौं । जसरी पनि मंसिरभित्र सबै नेपाली खोपको पहुँचमा पुग्छन् ।

(स्वास्थ्य तथा जनसंख्यामन्त्री तामाङले सार्वजनिक कार्यक्रममा राखेको धारणा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.