२०७८ असार ५ गते १६:४४ विकासन्युज
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ६६० जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार १० जनाको पिसिआर र ४ हजार ६८६ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८८ जना र एन्टीजेटमाफर्त ७१३ जना संक्रमित पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ६७५ पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.