थप ४०२० जना संक्रमणमुक्त, साढे ५ लाखले जिते काेराेना

  २०७८ असार ४ गते १७:०८     विकासन्युज


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमणमुक्त भएका सगैँ हालसम्म निको हुनेको संख्या ५ लाख ४९ हजार ५८२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर तथा आरडीटी विधिबाट १३ हजार ३७ जनाको परिक्षण गरिएकोमा उक्त संक्रमित थपिएका हुन् ।

पीसीआर गरिएका मध्ये १९६३ र एन्टिजेन परीक्षण मार्फत ८०५ जनामा गरि कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट देशभर थप ४४ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म  कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजा ६४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.