प्राधिकरणले भन्यो–बाढी प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको छैन

  २०७८ असार ३ गते १८:०१     विकासन्युज

काठमाडाैं ।  नेपाल दूरसञ्चार प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित नभएको जनाएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित नभएको भन्दै दूरसञ्चार सेवा नियमित रुपमा सुचारु राख्न हरसम्भव प्रयास भइरहेको जनाएको हो ।

‘बाढी तथा पहिरोमा परी हालसम्म दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति भएको विषयमा कुनै जानकारी प्राप्त भएको छैन,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘तर त्यस्ता क्षेत्रमा विद्युत अवरुद्ध भएकाले दूरसञ्चार सेवा सञ्चालनमा समस्या आएको छ ।’

दूरसञ्चार सेवालाई निरन्तरता दिईएको भन्दै कुनै क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भए तत्कालै प्राधिकरणमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.