एनसीसी बैंककाे संस्थापक शेयर बिक्रीमा, प्रति शेयर १४० रुपैयाँ ताेकियाे

  २०७८ असार ३ गते १४:५३     विकासन्युज

काठमाडाैं । एनसीसी बैंकको संस्थापक समूह अन्तर्गतकाे ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

बैंकले संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिहरुले असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता आफुले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.