बोर्डको विज्ञप्तीले लगानीकर्ताको लगानीलाई भत्काउन सक्दैनः पौडेल

  २०७८ असार २ गते १०:४१     विकासन्युज

काठमाडौं । पुँजीबजारका भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बोर्डको विज्ञप्तीले लगानीकर्ताको लगानीलाई भत्काउन नसक्ने टिप्पणी गरेका छन् । लगानीकर्ताले लगानी गर्दा कम्पनीको बारेमा बुझेर लगानी गरेको हो भने त्यसलाई बोर्डले प्रकाशित गरेको विज्ञप्तीले कुनै असर नगर्ने उनको घारणा रहेको छ ।

साथै, उनले लगानीकर्तालाई आफ्नाे लगानी र छनौटमा दृढ हुन आग्रह गरेका छन् । र, त्यसमा प्रतिफल निश्चित पाइने उनले जानकारी गराए ।

‘पक्कै पनि हामीले लगानी गर्दा तत् कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरेका हौँ भनें हिजोको बोर्डको विज्ञप्तीले त्यसलाई भत्काउन सक्दैन । आफनो लगानी र छनौटमा दृढ बस्न सके प्रतिफल निश्चित छ। विश्वासको बाँधले कहिले काहीँ आउने अनपेछित बाढीलाई छेक्नु पर्दछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.