आजदेखि नयाँ शैक्षिक सत्र सुरु, तत्काल पढाई नहुने

  २०७८ असार १ गते १०:४९     विकासन्युज

काठमाडौं । असार १ गते अर्थात आजदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएतापनि तत्काल पढाई सुरु नहुने जनाएको छ ।

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि असार १५ गतेसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक वितरण सकेर आगामी साउन १ गतेदेखि पढाई सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ ।

नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । यसअघि बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुनेगरेकोमा कोरोना भाइरस संक्रमणका कारण २ महिना पर धकेलिएको हो ।

कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिला गरी सन्चालन गर्ने निर्णय गरेको थियो ।

यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।

कोभिडका कारण गत वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने तयारी भएतापनि कक्षा ११ र १२ को परीक्षा भने अझै अन्यौलमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.