‘कर बुझाउन नसकेकालाई जरिवाना नलगाउँ, सक्ने व्यवसायीले राजश्व बुझाउँ’

  २०७८ जेठ २६ गते १८:००     विकासन्युज

काठमाडौं । निषेधाज्ञाका कारणले कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन निजी क्षेत्रले सरकार समक्ष माग गरेको छ । निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकोले उनीहरुलाई जरिवाना नलिन निजी क्षेत्रले माग गरेका हुन् ।

निजी क्षेत्रका छाता संस्थाहरु एफएनसीसीआई, सीएनआई र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् । साथै, कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन उनीहरुकाे माग रहेकाे छ ।

साथै, व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत वर्षजस्तै समयमा राजस्व बुझाएर आफ्नै दायित्व पुरा गरी सरकारलाई सहयोग गर्न पनि निजी क्षेत्रले आग्रह गरेको छ ।

अर्थतन्त्रलाई कोभिडको जोखिमबाट जोगाई अगाडि लैजान र बजेटको पूर्ण कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने सुनिश्चतता गराउन समेत उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.