शैक्षिक प्रमाणपत्रबाट कर्जा लिनेले अनुभवी व्यक्तिको सहयोगमा परियोजना बनाउनु: अर्थमन्त्री पाैडेल

  २०७८ जेठ २५ गते १७:१४     विकासन्युज

काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिन देखि नै कार्यान्वयनमा लैजाने बताएका छन् ।

मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने बताए ।

शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै दुविधा नराख्न भन्दै उनले ऋण लिन चाहाने विद्यार्थीले आफ्नो परियोजना बीचमा असफल नुहने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरे ।

‘शैक्षिक ऋणसँग सम्बन्धित वा अरु शिक्षा क्षेत्रमा जेजस्ता मौलिक कार्यक्रम अगाडी सारेका छौँ हामिले । वा नियमित कार्यक्रमहरु छन् । तिनको प्रभावकारी कार्यान्वयन हुन्छ । कुनै दुविधा, अन्यौल, अस्पष्टता नराख्नका लागि, आश्वस्त हुनका लागि आग्रह गर्न चाहान्छु । यहाँहरुले कुरेर बस्नुपर्ने स्थिति हुँदैन’,उनले भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने जुनखालको प्रवन्ध छ, यो बजेटको प्रवन्ध कार्यान्वयन हुन्छ । ऋण लिन चाहाने युवाहरुले आफ्नो परियोजना निर्माण गर्दा बिचमै असफल भएर हिंँड्नु नपर्नेगरी त्यसको तयारीमा ध्यान दिनका लागि अनुभवी व्यक्ति, संस्थाहरुबाट सहयोग लिन उत्प्रेरित गराउनुहोला । यो कार्यान्वयन हुन्छ । शिघ्र कार्यान्वयन हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.