होण्डाको बहुप्रतिक्षित बाइक सिबस ३५० डिएलएक्स नेपालमा, मूल्य साढे ७ लाख

  २०७८ जेठ २५ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहुप्रतिक्षित होण्डाको सिबस ३५० डिएलएक्स सार्वजनिक गरेकाे छ ।

स्याकार ट्रेडिङ्ग कम्पनिका अध्यक्ष सौरभ ज्योतिले यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरेका थिए ।

नेपालमा होण्डाको सिबि मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबस ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेकाे कम्पनीले जनाएकाे छ ।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस सिबस ३५० डिएलएक्स को मूल्य ७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नुहुने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.