अत्यावश्यक क्षेत्रमा राखिएको पेट्रोल पम्पका कर्मचारीले नै पाएनन् खाेप

  २०७८ जेठ २३ गते १४:४६     विकासन्युज

काठमाडौं । पेट्रोलियम व्यवसायीले कोभिड–१९ विरुद्धको खोप नपाएको नेपाल पेट्रोल डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

संघले आईतबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम व्यवसाय अत्यावश्यक क्षेत्रमा रहेको भन्दै तत्काल व्यवसायी तथा कर्मचारीलाई खोप लगाउन सरकारसँग माग गरेको छ ।

संघका महासचिव विश्व प्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा ३ पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रुपमा माग गर्दा समेत सुनुवाई नभएको जनाईएको छ ।

‘पेट्रोलियम कारोबार क्षेत्रमा कोभिड १९ महामारीकै कारण देशभर ११ जनाले ज्यान गुमाइसकेको तथा १२ सय जना संक्रमित भइसकेका छन,’, विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोल पम्पहरुका सञ्चालक, कर्मचारी, चालक, सहचालकलाई शीघ्र खोप उपलब्ध गराउन नसक्ने हो भने कारोबार नै बन्द हुनसक्छ ।’

संघले देशभर १० हजार ३ सय ४६ जना सञ्चालक, कर्मचारी, चालक/सहचालक रहेको जनाएको छ । जसमध्येमा प्रदेश नम्बर १ मा १ हजार ७६३ जना, २ मा १ हजार ९१३ जना, बाग्मती प्रदेशमा २ हजार ९९८, गण्डकी प्रदेशमा ४४०, लुम्बिनी प्रदेशमा २ हजार ६३४ जना र सुदुरपश्चिम प्रदेशमा ५९८ जना कर्मचारी तथा पम्प व्यवसायी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.