रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रबाट जाच पास

  २०७८ जेठ २० गते १८:५३     विकासन्युज

काठमाडाैं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबलकी टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।

उत्कृष्ट ब्राण्डमध्ये काइया जेडवाई-५सीए ५ लिटर १७.८ के.जी, क्यूजे-जेडवाई१०एलए १० लिटर ३६ के जी र करेर ब्राण्डको ५ लिटरको सीआर-एफ५एसडब्लु, सीआर-पी५डब्लू अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाच पास भएको २ बर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैंयादेखि १ लाख ८८ हजारसम्ममा उपलब्ध हुने छन् ।

नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एन जी ओ , आई एन जी ओ, अस्पताल, बैंक,फाईनानस्, को अप्रेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ ।

पल्स अक्सीमिटर, मास्क, सेनिटाईजर, पीपीई सेट, लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुने छ । एनआईसी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.