चीनबाट अनुदानमा प्राप्त खाेप नि:शुल्क ढुवानी गर्दै हिमालयन एयरलाइन्स

  २०७८ जेठ १८ गते ११:२४     विकासन्युज

काठमाडाैं । हिमालय एयरलाइन्सले चीनबाट अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गर्दै छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एयरलाइन्सले भेराे सेल खाेप निःशुल्क ढुवानी गर्ने जनाएकाे छ ।

हिमालय एयरलाइन्सले यहि जेठ १८ र १९ गते गरी तिब्बतकाे कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ । हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ ।

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट साेमबार साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी मंगलबार(आज) बिहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली रुपैंयाँ करिब दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पुर्याउनेछ ।

हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्ग भन्छन्, ‘कोभिड–१९ महामारी विरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्स् तथा सम्बन्धित समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.