चिनियाँ खोप लिन बेइजिङ जाँदै निगमको जहाज

  २०७८ जेठ १७ गते १०:४०     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिन लागेको कोभिड खोप लिन नेपाल वायुसेवा निगमको जहाजँ बेइजिङ जाने भएको छ ।

सोमबार राति ११ बजे निगको वाइडबडी जहाज खोप लिन चीन जाने तालिका रहेको त्रिभुवन अन्तराट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयको अनुसार सोमबार राती चीन गएको उक्त विमान मंगलबार दिउँसो साढे २ बजे विमानस्थलमा अवतरण गर्नेछ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले अनुदानको खोप लिन वाइडबडी जहजा चीन जाने लागेको जनाएका छन् ।

निगमको जहाजले मंगलबार दिउँसो ८ लाख डोप खोप ल्याउने तयारी भएको जनाईएको छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । उक्त खोप मध्ये मंगलबार पहिलो लटमा निगमको जहाजले ८ लाख डोज खोप ल्याउने तयारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.