कोभिडका कारण स्थगित भयो भन्सार एजेन्टको लिखित परीक्षा

  २०७८ जेठ १० गते १२:१६     विकासन्युज

काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै लिखित परीक्षा स्थगित भएको जनाएको हो ।

‘कोभिड–१९ वाट सृजित असामान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगित गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडी सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षा सम्बन्धी सूचना गोरखापत्र र विभागको वेवसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

गत चैतमा विभागले बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रोकिएको परीक्षामा एकैपटक ६६० जना एजेन्ट थप गर्ने तयारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.