एसजी ग्रुपले ल्यायो ‘पोटेबल अक्सिजन ब्याग’, प्रतिब्यागको मूल्य ८७५ रुपैयाँ मात्र

  २०७८ जेठ ७ गते २०:०४     विकासन्युज

काठमाडौं । कारोना महामारी बढेसँगै अक्सिजनको अभाव अवस्थामा एसजी ग्रुपले ‘पोटेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको छ । उक्त अभावलाई कम गर्न उक्त ब्याग बजारमा ल्याईएको ग्रुपका सञ्चालक सुगम घिमिरेले बताएका हुन् ।

एसजी गुपले चीनबाट अक्सिमिटर, अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर जस्ता सामाग्रीहरु ल्याइसकेको छ । जसमध्ये अक्सिजन ब्याग नेपालका लागी नयाँ भएको एसजी ग्रुपका संञ्चालक सुगम घिमिरेले बताए । यो अक्सिजन ब्याग अक्सिजन बोकेर हिँड्न मिल्ने खालको हुनेछ । ब्यागमा अक्सिजन हुने भएकाले त्यही मागमार्फत मोटरसाइकल, साइकल तथा हिँड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको उपकरण भएको उनले बताए ।

यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पुर्याउनुपर्ने संक्रमितका लागि उपयोगीका रुपमा ब्यागको प्रयोग गर्न सकिने बताए । अन्य मुलुकमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको उनले बताए । कोरोना भाइरस संक्रमितलाई उपचारमा सहजताको लागी ‘पोटेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको घिमिरे बताउछन् ।

व्यवसायी घिमिरेले घरघरमा ठुलो मात्रामा अक्सिजन सिलिन्डर होल्ड गर्नु भन्दापनी पोटेबल अक्सिजन ब्याग’ प्रयोग गर्दा अस्पतालहरूमा देखिएको अक्सिजन अभाव कम गर्न मद्दत पुग्ने र उच्च जोखिममा रहेका कोरोना सङ्क्रमितहरू जसलाई धेरै अक्सिजन आवश्यक रहेकाेले उनीहरूले पनि सहज रूपमा अक्सिजन पाउन सक्ने बताए । यो विषम परिस्थितिमा अक्सिजनको मागलाई धान्न कठिन भइरहेको बेला पोटेबल अक्सिजन ब्याग’ प्रभावकारी बन्न सक्ने उनी बताउँछन् । साथै, यो पोटेबल अक्सिजन ब्याग’ घरघरमा र आइसोलेसन सेन्टरमा पनि प्रयोग गर्न सकिने बताए ।

यस्ता छन् विशेषता

प्रत्येक ब्यागको मूल्य अभिवृद्धि करसहित ८७५ रुपैयाँ रहेको सञ्चालक घिमिरेले बताएका छन् । १० लिटरको सिलिन्डर अक्सिजनले औषतमा १५ वटा ब्याग भर्न सकिने छ । उक्त ब्याग पुनः प्रयोग गर्न सुरक्षित रहेको छ । बोक्न र ढुवानी गर्न सजिलो, सजिलै भर्न सकिने, एक पटकमा ०.६७ लिटर अक्सिजन भर्न सकिने छ ।

त्यस्तै, ५ मिनेट ३० सेकेण्डमा एउटा ब्याग भर्न सकिने, ८ एउटा ब्यागले ४५ मिनेटदेखि एक घण्टासम्म धान्ने र एभरेज फ्लो रेटियो २ लिटर रहेको छ ।

कसरी भर्ने/प्रयोग गर्ने ?

सञ्चालक घिमिरेका अनुसार यसलाई अक्सिजन सिलिन्डर वा कन्सन्ट्रेटरले भर्न सकिने छ । र, भर्न शुरु गर्ने छ । ब्यागमा अक्सिजन भर्नको लागि निलो पाइपको प्रयोग गर्नुपर्छ । ब्याग भरिसकेपछि यसलाई रोलरको प्रयोग गरेर यसलाई बन्द गर्नेछ । त्यसपछि निलो पाईपको ठाउँमा ‘नसाल क्यानल’ को प्रयोग गर्नेछ ।

त्यसपछि अक्सिजन नाक वा मुखको माध्यमबाट ग्रहण गर्नेछन् । ब्यागबाट प्राप्त अक्सिजनले ४५ मिनेटदेखि १ घण्टासम्म धान्ने ग्रुपले जनाएको छ । ब्यागलाई थिच्ने (प्रेर्सर) दिएर त्यसबाट छिटो गति अक्सिजन पनि प्राप्त गर्न सकिने छ ।

सुरक्षित गर्ने कसरी ?

ब्यागमा अक्सिजन भर्ने समयमा धारीलो वस्तु वा प्रज्वलनशी वस्तु भन्दा टाढा राख्नुपर्छ । अक्सिजन भरिसकेपछि धेरै ‘प्रेसर’ नदिने र धारिलो वस्तु तथा बालबालिकाले नभेट्ने ठाउँमा भण्डारण गर्नुपर्छ ।

सञ्चालक घिमिरेका अनुसार ब्यागबाट प्राप्त हुने अक्सिजन अत्यावश्यक सेवाका लागि प्रयोग गर्नुपर्छ । विरामीको अवस्था नाजुक हुँदै गएमा ब्यागबाट प्रवाह हुने अक्सिजनले काम नगर्ने हुँदा तुरुन्तै डाक्टरलाई सम्पर्क गरेर विरामीको अवस्था बारे जानकारी गराउने वा अस्पताल लानुपर्ने उनको भनाई छ । साथै ०१५५४२९३४, ९८५११३४७८२ र ९८५११३२४७९ मा सम्पर्क गरेर ब्याग खरिद र यसको बारेमा जानकार लिन सकिने ग्रुपले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.