रिलायन्स मिल्सले गर्यो अक्सिजन र भेन्टिलेर व्यवस्थापनको लागि आर्थिक सहयोग

  २०७८ जेठ ६ गते १५:४०     विकासन्युज

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले कोभिड संक्रमितको लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले कोभिड संक्रमित विरामीको अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत आर्थिक सहयोग गरेको हो ।

कम्पनीले नेपाल भेन्टिलेटर सर्भिस र हेमोडाइलोसिस सेन्टर मेनेजमेन्ट कमिटी मार्फत आर्थिक सहयोग गरिएको जानकारी दिएको छ । आफूले दिएको आर्थिक सहयोगबाट कोभिड संक्रमित विरामीको लागि अक्सिजन र भेन्टिलेटर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

‘हामीले विगत लामो समयदेखि समाजप्रतिको आफ्नो उत्तरदायित्व बहन गर्दै संस्थागत सामाजिक उत्तरदायित्वको मान्यता अनुरुप विभिन्न सामाजिक संघ संस्थाहरुलाई आर्थिक सहायता प्रदान गर्दै आईरहेको छौं र भविष्यमा पनि गरिनै रहने छ । हाल कोरोना भाईरस (कोभिड–१९) को दोश्रो लहरका कारण देश र आम जनतालाई ज्यादै संकटमा रहेको अवस्थालाई मध्यनजर गर्दै यस विषम परिस्थितिमा देशका विभिन्न भागमा अक्सिजन र भ्यान्टिलेटरको समेत अभाव भएको हुँदा उक्त कुराहरुको व्यवस्थापन गर्नको लागि केहि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्यान्टिलेटर सर्भिस र हेमोडाइलोसिस सेन्टर मेनेजमेन्ट कमिटी मार्फत आर्थिक सहयोग उपलब्ध गराइएको छ,’ कम्पनीले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.