थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि, ५ हजार ७६७ निको भए

  २०७८ जेठ ३ गते १७:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २४७ जनामा कोभिड संक्रमण पुुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २१ हजार ६५३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । साे अवधिमा २१४ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ। हालसम्म संक्रमण भएकामध्ये ३ लाख ४५ हजार ५२३ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.