सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

  २०७८ वैशाख ३० गते १०:३३     विकासन्युज

काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । अमेरिकी र स्वीजल्याण्डका आरोहीको आरोहणका क्रममा मृत्यु भएको हो ।

आरोहणका क्रममा आरोहीको मृत्यु भएको सुन्नमा आएपनि आधिकारिक रुपमा जानकारी नआएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

‘एक विदेशी समिट सकेर फर्कने क्रममा र अर्काे विदेशी आरोहणका क्रमाम हिलारी स्टेपमा मृत्यु भएको भन्ने छ, कुन देशका तथा के कारणले मृत्यु भएको आधिकारीक जानकारी आएको छैन’, उनले भने ।

आरोहणका क्रममा आइसब्यान्ड, अक्सिजन नपुगेर तथा अन्य कारणले मृत्यु भएको होला, अरु ठूलो दुर्घटना भएर मृत्यु नभएको उनी बताउँछन् ।

स्विजरल्याण्डका आरोही अब्दुल वाराइज र अमेरिकी आरोही पूवे लिउको मृत्यु भएको आरोहणकाे जिम्मा लिएको एजेन्सी सेभेन समिट ट्रेकले जनाएको छ । एजेन्सीले सामाजिक सञ्जाल मार्फत दुई आरोहीको बुधबार मृत्यु भएको जनाएको हो ।

आरोहणका क्रममा स्विजल्याणका अब्दुल समिट गरेर फर्कने क्रममम साउथ कोल नजिकै मृत्यु भएको थियो । उनी आरोहणका क्रममा थकाईले ग्रस्त भएका थिए । उनमा समस्या आएपछि थप दुई शेर्पामार्फत अक्सिजन र खाद पदार्थ पठाएर उद्धारको प्रयास भएपनि अन्तिममा उनको मृत्यु भएको थियो ।

यस्तैगरी, अमेरिकी आरोही लिउ आरोहणका क्रममा हिलारी स्टेपमा मृत्यु भएको हो । हिउँका ल्याइन्डेसका बाररण उनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.