हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री

  २०७८ वैशाख २४ गते १६:०२     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कम्पनीले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा सो बराबरका कोभिड-१९ उपचारका बेला चाहिने पीपीई लगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु उक्त सरकारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले उक्त सकारको सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको हो । हाल विश्वभरी फैलिदै गरेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि कम्पनीले सो स्वास्थ्य सामग्रीहरु प्रदान गरेकाे हो ।

यसकाे मुल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ । लक्ष्मी हुण्डाईले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका छन् ।

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोग का साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो ।

ग्रुपका केहि उल्लेखनीय समर्थन, २०१५ को महा भूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन् । लक्ष्मी हुण्डाइ लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.