भारतबाट नेपाल आउनेले १० दिन होटल बसेकाे ३० हजार तिर्नु पर्ने, यी हुन् क्वारिन्टनका लागि तोकिएका ८ होटल

  २०७८ वैशाख २२ गते १२:५१     विकासन्युज

काठमाडौं । भारतबाट हवाइजहाज मार्फत नेपाल आउनेले अनिवार्य रुपमा १० दिन होलटमा क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भारतबाट नेपाल आएका यात्रुलाई बस्न काठमाडौं उपत्यकाका विभिन्न ८ वटा होटल तोकेको छ । मन्त्रालयले १० कोठादेखि ९१ वटा कोठासम्म भएको होलटलाई क्वारेन्टिनको रुपमा तोकेको हो ।

मन्त्रायलले गोदावरीमा रहेको ९१ कोठा भएको भ्यू भृकुटी होटललाई भारतबाट आएका यात्रुका लागि क्वारेन्टिनको रुपमा छुट्टाएको हो ।

यस्तैगरी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालामा रहेका अमादब्लम, रिडर्स इन र आनन्द आश्रम होटल, जगातीमा रहेको फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटेल क्वारेन्टाइनका रुपमा तोकिएको छ ।

दैनिक तीन हजार शुल्क

भारतबाट नेपालमा हवाइजहाज मार्फत आउने यात्रुका लागि होटल क्वारेन्टिनका रुपमा छुट्टाइएका आठ वटा होटलले न्यूनतम तीन हजारसम्म शुल्क लिन पाउनेछन् । प्रतिदिन होटल बसेको ३ हजार रुपैयाँ तिर्दा १० दिन बसेको एक जनाले ३० हजार रुपैयाँ तिर्नु पर्ने देखिएको छ ।

ती होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरी होटेलमा क्वारेन्टाइन तोकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी दिएको छ ।

यस्तैगरी, यात्रुु र होटलहरुले स्वास्थ्य मापदण्डको पालन गरे/नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा बुझाउनुपर्नेछ ।

यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ भने यात्रुले १० दिनको होटल क्वारेन्टाइनको मापदण्ड पालन नगरेको पाईएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कानूनी कारवाही समेत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.