राष्ट्र बैंकले बैंकहरुलाई भन्योः २० प्रतिशतभन्दा कम कर्मचारी उपस्थित हुनु, फेस टु फेस हुने सेवा कम गर्नु

  २०७८ वैशाख १९ गते १३:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिरहेकोले सजकता अपनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले बैंक् तथा वित्तीय संस्थाहरुलाई आज एक परिपत्र जारी गर्दै सतर्कता अपनाएर काम गर्न आग्रह गरेको हो ।

बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गर्दै केन्द्रिय कार्यायलमा २० प्रतिशतभन्दा कम कर्मचरी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी उपस्थित भएर काम गर्न आग्रह गरेको हो ।

कर्मचारीहरुको अनावश्यक उपस्थिति रोक्नको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.