दमकमा एक व्यवसायीले कोरोना बिरामीका लागि निःशुल्क गाडी उपलब्ध गराउने

  २०७८ वैशाख १७ गते १५:४७     विकासन्युज

दमक । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारीसाधन उपलब्ध गराउने भएको छ ।

दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारीसाधन उपलब्ध गराउने घाेषणा गरेका हुन् ।

नेकपा एमाले निकट युवा सङ्घ झापाका अध्यक्षसमेत रहनुभएका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पु¥याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका लागि ९८५२६७७९७२ नम्बरमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.