बैंकिङ्ग सन्देश प्रवाह गर्न सांग्रिला डेभलपमेन्ट बैंककाे कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

  २०७८ वैशाख १६ गते १८:००     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न सुरु गरेको छ ।

भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड यस बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो ।

उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने आशा बैंकले गरेकाे जनाएकाे छ ।

बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिंदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.