मनाङ मर्स्याङ्दी जलविद्युत निर्माणमा जुटे विदेशी लगानीकर्ता, कसको स्वामित्व कति ?

  २०७८ वैशाख १६ गते १६:२७     विकासन्युज

काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनको लागि विदेशी लगानीकर्ता भित्रिएका छन् । बुटवल पावर कम्पनीको पूर्ण स्वामित्वमा रहेका मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उक्त हाइड्रो सञ्चालनका लागि सेयर स्वामित्व हस्तान्तरण गरेर विदेशी लगानीकर्ता भित्राएको हो ।

उक्त आयोजनामा बुटवल पावर कम्पनीसहित विभिन्न ४ कम्पनीले लगानी गर्ने भएका छन् । यससँगै कम्पनीले ४ कम्पनीलाई सेयर स्वामित्व हस्तान्तरण गरेकाे छ । जसमध्ये बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एससीआईजी इन्टरनेशनलको ४९.४७ प्रतिशत, छिङ्गचेङ्ग इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीको १६.४९ प्रतिशत र क्यूवाईसी इन्टरनेशनल कम्पनीको ११.६४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मनाङ मर्स्याङ्दी हाइड्रो कम्पनीले मनाङको चामे र नासोङ गाउँपालिकास्थित मर्स्याङदी नदीमा १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

यो योजनाको विद्युत खरिद बिक्री सम्झौता २०७७ चैत ९ गते भइसकेको छ । र, हाल वित्तीय व्यवस्थापन कार्यको प्रक्रियामा रहेको छ । उक्त काम छिट्टै सम्पन्न गरी निमार्ण काम शुरु गर्ने र सन् २०२५ को मार्च महिनाभित्र विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.