१२ महिनाको वारेण्टी सहित सिजीकाे आकर्षक कुलरहरु बजारमा

  २०७८ वैशाख १५ गते १५:४८     विकासन्युज

काठमाडाैं । इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सि.जी.ले यो गर्मीयामलाई मध्यनजर गरेर विभिन्न किसिम र प्रकारका आकर्षक एयर कुलरहरु बजारमा ल्याएकाे छ ।

बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सि.जी.ले चार प्रकारमा विभिन्न साईजमा एयर कुलरहरु ल्याएको हाे । जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन् ।

यि कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको छ ।
४० वर्ष भन्दा लामो अनुभव बोकेको नेपालकै पहिलो र एक मात्र आई.एस.ओ. द्धारा मान्यता प्राप्त सिजीले यि कुलरहरु विशेष र आकर्षक विशेषताहरुका साथ बजारमा ल्याएको जानकारी दिएकाे छ ।

यि कुलरहरुमा रहेको कन्सिल कपर मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन । कम्पीकाे अनुसार यि कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भर्टरकाे सहायताले सजिलै चलाउन सकिन्छ ।

त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन् । यसमा पावरफुल मोटरको प्रयोग गरिएको छ, जसले गर्दा कुलरले मज्जाले काम गर्दछ ।

सिजीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी दिएको छ । सिजीकाे ४३ वटा भन्दा बढी सर्भिस सेन्टरहरु रहेका छन् जसले तपाईको कुलर बिग्रीएमा सजिलै सरल रुपमा मर्मत गरिदिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.