सानिमा बैंकले माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने, सम्झौता नवीकरण

  २०७८ वैशाख १२ गते १८:२५     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।

मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत माइती नेपाललाई दशलाख रुपैयाँसहयोग गर्ने भएकोछ ।

माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ ।

सो समझदारी पत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरे ।

सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.