राष्ट्रिय वाणिज्य बैंककाे चेक बाउन्स गर्ने कँडेललाई ७ दिन कैद, साढे १२ लाख रुपैयाँ जरिवाना

  २०७८ वैशाख १२ गते १७:०७     विकासन्युज

काठमाडौं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी ध्रुव प्रसाद कँडेल नक्सालबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका छन् । धादिङ्ग बेनिटारका ४५ वर्षीय कँडेल ५ महिनापछि नक्सालबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १२ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही लामा फरार हुँदै आएका थिए ।

कँडेलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंकको चेक काटी पीडित प्लारकाश न्यौपानेलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.