फेरि अत्यावश्यक वस्तु आपुर्तिको त्रास, आपुर्ति मन्त्रालयले बढायो सराेकारवालासँगकाे छलफल

  २०७८ वैशाख १२ गते १६:३९     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज बनाउन भन्दै आईतबार सरोकारवाला निकायसँग छलफल गरेको छ ।

पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुनथालेपछि मन्त्रालयले सरोकारवाला निकायसँग आपूर्तिको व्यवस्थापन सम्बन्धमा छलफल गरेको हाे ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिसर्ल एशोसिएसन र ट्रक तथा ट्यांकर व्यवसायीहरु सहभागी भएका थिए ।

आपूर्ति व्यवस्थालाई सहज बनाउँदै वितरणलाई व्यवस्थीत गर्नका लागि पूर्व तयारी स्वरुप छलफल भएको मन्त्रालयका सहप्रवक्ता उमिर्ला केसी बताउँछिन् ।

‘भारत सगैँ नेपालमा समेत कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । तत्काल बन्दाबन्दी नगर्ने सरकारीको तयारी छ । तर भारतबाट दैनिक उपभोग्य वस्तुको आयात गर्नुपर्दा केही समस्या आउँनसक्छ भनेर हामीले मन्त्रालयमा छलफल गरेका हौँ’, उनले भनिन्, ‘दैनिक उपभोगका लागि आवश्यक पर्ने खाद्यान्न, एलपी ग्यास तथा पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको पाइएको छ । आतिहाल्नुपर्ने अवस्था देखिएको छैन ।’

उनका अनुसार पेट्रोलियम पदार्थको ( डिजेल, पेट्रोल तथा खाना कपाउने एलपी ग्यास) मौैज्दात पर्याप्त मात्रामा रहेको छ । यस्तैगरी खाद्यान्नको मौज्दात पर्याप्त रहेको छ । तत्काल भारत लगायतका तेस्रो देशबाट आयात नभएपनि हामीसँग पर्याप्त मात्रामा मौज्दात रहेको छ उनकाे भनाई छ ।  उपभोग्य बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.