काठमाडौं मलका व्यवसायीले नेपाल बैंकबाट बिनाधितो सहुलियत कर्जा पाउने, मलमा क्यूआर कोड र एटीएमको पनि सुविधा

  २०७८ वैशाख ९ गते १९:०५     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडले काठमाडौंको काठमाडौं मलमा आफ्नो क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको हो ।

बैंकले काठमाडौं मल (दिवा सपना जे.भी.)सँग सम्झौता गर्दै उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गर्ने सहमति गरेको हो ।

साथै काठमाडौं मलका व्यावसायिहरुलाई बैंकले सहूलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाटप्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीका ेतर्फबाट प्रमूख व्यवस्थापक विष्णुहरी कालले
ढकालबीच हस्ताक्षर भएको हो ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्गमार्फत् उच्चतमबैंकिङ्ग सेवा प्रदानगर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.