क्यूआर कोडको प्रयोग बढाउन सिटिजन्स बैंकले ल्यायो सन्देशमुलक भिडियो

  २०७८ वैशाख ९ गते १८:११     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको छ । बैंकले बिहीबार क्यूआर कोड प्रयोग सम्बन्धि एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको हो । करिब साढे २ मिनेटको छोटो भिडियोमा क्यूआर कोड प्रयोगबारे सन्देश लिन सकिन्छ ।

भिडियोमा एक जना यादव थरका वयस्क मूख्य पात्रकाे भूमीकामा देखिन्छन् । भिडियाेमा देखाइए अनुसार उनले हालै छाेराेकाे कारण स्मार्ट फाेन खरिद गरेका छन् । उनले आफ्नो कार्यालयमा कलमले कपीमा लेख्दै गर्दा उनका सहकर्मीले कम्प्युटरको जमानामा कलमले नलेख्न सुझाव दिन्छन् ।

कार्यालयमै सहकर्मीहरुसँग चिया पिउँदै गर्दा एक जना स्टाफले उनलाई फेसबुकमा साथी बन्न अनुराेध गर्छन् । तर, यादव दैनिक भेटघाट भइरहेकाे भन्दै उनी उनको कुरा वेवास्ता गर्दै अगाडि बढ्छन् । यसकाे मतलव उनी प्रविधिकाे प्रयाेग बारे अनविज्ञ देखिन्छन् ।

यादव अफिसबाट घर फर्किँदै गर्दा बाटोमा एक जना युवति दुर्घटनामा पर्छिन् । ती युवतिलाई उनले लागि नजिकैको मेडिकलमा लिएर उनका लागि पानी बेन्डिज खरिद गर्न खोज्दा उनीसँग खल्तिमा नगद रुपैयाँ नभएको भिडियो देखाइएको छ ।

त्यतिखेरै यादवले आफ्नो छोराले घरमा भनेको कुरा सम्झिन्छन् र पानी र बेन्डेज खरिद गर्न उनी खल्तिबाट स्मार्ट फोन समात्दै क्यूआर कोड मार्फत पैसा भुक्तानी गर्छन् । यस्ता विभिन्न सन्देशमुलक भिडियाे बनाएर हाेस् वा विभिन्न ठाउँमा सचेतनामुलक कार्याक्रमकाे आयाेजना गरेर बैंकले क्यूआर काेडकाे प्रयाेगलाई प्राेत्साहन तथा प्राथमिकता दिइरहेकाे छ ।

पछिल्लो समय बैंककाे बिजनेस ग्रोथ पनि राम्रै देखिएकाे छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकका हरेक परिसूचकहरु उत्साहजनक छन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म कुल करिब १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.