प्राइम बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

  २०७८ वैशाख ९ गते १७:०८     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय गत चैत २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । यससँगै आरबीबी मर्चेन्टले बैशाख ९ गतेदेखि लागू हुने गरी एक वर्षसम्म बैंकको ऋणपत्र रजिष्टारको रुपमा काम गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.