बागलुङको बलेवा क्षेत्रमा दश दिन बन्दाबन्दी

  २०७८ वैशाख ८ गते १५:११     विकासन्युज

बलेवा । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ ।

मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।

मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागु हुनेगरी बन्दाबन्दी घोषणा गरेको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नं। १२ अमलाचौर र वडा नं। १३ पैञ्युपाटामा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए ।

समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ । बन्दाबन्दीको समयमा सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.