एसएलसीकाे मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबिबिएस पढेका ७ जना पक्राउ

  २०७८ वैशाख ६ गते १६:३४     विकासन्युज

काठमाडाैं । एसएलसीकाे मार्कसिट किर्त गरेर बंगलादेशमा एमबिबिएस पढेका ७ जना डाक्टर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एसएलसीको प्रमाणपत्र किर्ते गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।

बंगलादेशमा एमबिबिएस अध्ययन गर्न एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायत विवरण उनीहरूले सच्याएको पाइएको सिआइबीले जानकारी दिएकाे छ । उनीहरु सबै आइतबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २८ वर्ष माेहाेम्द सिद्दकी, २९ वर्षिय सुभाष प्रसाद साह, माेहाेम्मद शाहिद राजा, ३१ वर्षिय दिपेन्द्र गाैतम, ३१ वर्षिय अखिलेश कुमार देव, २७ वर्षिय पल्लवी सिंह र २९ वर्षिय फराज हुसेन खाँ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.