साक्षरता अभियानमा सरकारको ७ अर्ब बढी खर्च

  २०७८ वैशाख ५ गते ९:२३     विकासन्युज

काठमाडाैं । सरकारी तथ्याङ्क अनुसार साक्षरता अभियान संचालन गर्नेकाे लागि नेपालले ७ अर्ब बढी खर्च गरेकाे छ । सरकारले नेपाललाई साक्षर घोषणा गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको करिब १२ वर्षमा ७ अर्ब बढी खर्च भएकाे हाे ।

युनेस्कोले सन् १९५६ मा सामान्य पढ्न, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोड घटाउ गर्न सक्ने व्यक्ति साक्षर भएको मानिने भनी परिभाषा गरेको थियो । नेपालले पनि यसै परिभाषालाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरेको थियो ।

आव ०६५/०६६ मा सरकारले एक अर्ब चार करोड विनियोजन गर्दै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

यस्तै १२ वर्षपछि पनि चाल आव ०७७/०७८ का लागि यो अभियानअन्तर्गत केन्द्रीय बजेट एक करोड बजेट व्यवस्था गरिएको छ भने अन्य रकम स्थानीय तहमा पठाइएको छ । यद्यपि अझै पनि करिब २० भन्दा बढी जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । सङ्घीय राजधानी काठमाडौंनै साक्षर घोषणा हुन बाँकी छ । यस्तै सबैभन्दा धेरै प्रदेश नं २ का जिल्लाहरु साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.