नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी

  २०७७ चैत ३१ गते १५:४१     विकासन्युज

काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १५ लाख भुक्तानी गरेकाे छ । बैंके ग्राहक स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई उक्त रकम प्रदान गरेको हाे ।

स्व. श्री भोज बहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोह बिच हस्तान्तरण गरेका थिए ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.