एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

  २०७७ चैत ३१ गते १५:०६     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेका कारण संक्रमणको जोखिम भएको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव  दिएकाे छ ।

यस अघि कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि ३ साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव प्रश्चात शिक्षा मन्त्रालयले निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) लगायत शैक्षिक क्षेत्रसँग सरोकारवाला निकायलाई छलफल समेत गरेको थियो ।

उक्त छलफलमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.