परिक्षण गरिएको १० प्रतिशतमा कोभिड

  २०७७ चैत २९ गते १७:३४     विकासन्युज

काठमाडौं । आइतबार नेपालमा पिसिआर परिक्षण गरिएको १० प्रतिशतमा कोरोना संक्रमण भेटिएको छ । आइतबार नेपालमा कुल ३१२५ परिक्षणमा ३०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार नेपालमा आइतबार कुल ३०३ जनामा पिसिआर मार्फत पोजेटिभ र ६४ जनामा एन्टिजेन्ट मार्फत परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

गौतमको अनुसार नेपालमा आइतबारसम्म आइसियुमा ८९ जना रहेका छन् जसमा सबैभन्दा बढी बाग्मतिमा ५२ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा १५ जना रहेका छन् जसमा बाग्मतिकै १४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको डाटा अनुसार नेपालभर होम आइसोलेसनमा २५६० रहेका छन् भने आइसोलेसनमा ३९४ रहेका छन् ।

नेपालमा केही दिनयता कोरोना संक्रमण बढेसँगैं सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने, मास्क अनिवार्य लगाउनुपर्ने र गाडीहरुमा पनि भौतिक दुरी अनिवार्य कायम गर्ने सबैलाई निर्देशन दिएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीले विद्यालयहरु बन्द गरेर अनलाइन मार्फत कक्षा संचालन गर्नुपर्ने सुझाव दिएको छ ।

One comment on "परिक्षण गरिएको १० प्रतिशतमा कोभिड"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.